रास्वपा बैठक : सुमिनाले गराइन् सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । उनले बिहीबारको बैठकमा यसबारे जानकारी गराएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । ‘सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएकोबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराउनुभयो,’ उनले भने । यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत […]

Apr 17, 2025 - 15:17
 0
रास्वपा बैठक : सुमिनाले गराइन् सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।

उनले बिहीबारको बैठकमा यसबारे जानकारी गराएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

‘सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएकोबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराउनुभयो,’ उनले भने ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डोलप्रसादले बैठकलाई जानकारी दिएको झाले बताए ।

यसैबीच रास्वपाले प्रदेश सातैवटा प्रदेशका इन्चार्ज तोकेको छ । यसमा सुमना भने समेटिएकी छैनन् ।

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register