बम्जनलाई सफाइ दिन हदम्याद बन्यो निर्णायक

काठमाडौं । जिल्ला अदालतबाट यौन दुराचार मुद्दामा आंशिक दोषी ठहर भएका रामबहादुर बम्जनलाई गएको ६ चैतमा उच्च अदालत जनकपुरले सफाइ दियो । जिल्लाले गरेको फैसलामा हदम्यादको विषयलाई नजरअन्दाज गरेको जिकिर गर्दै उच्च अदालतका न्यायाधीसद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले सफाइ दिएको हो । चैतमा भएको उच्चको फैसला बिहीबार मात्र सार्वजनिक भएको थियो । जसमा […]

Apr 17, 2025 - 15:38
 0
बम्जनलाई सफाइ दिन हदम्याद बन्यो निर्णायक

काठमाडौं । जिल्ला अदालतबाट यौन दुराचार मुद्दामा आंशिक दोषी ठहर भएका रामबहादुर बम्जनलाई गएको ६ चैतमा उच्च अदालत जनकपुरले सफाइ दियो । जिल्लाले गरेको फैसलामा हदम्यादको विषयलाई नजरअन्दाज गरेको जिकिर गर्दै उच्च अदालतका न्यायाधीसद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले सफाइ दिएको हो ।

चैतमा भएको उच्चको फैसला बिहीबार मात्र सार्वजनिक भएको थियो । जसमा बम्जनलाई उन्मुक्ति दिन हदम्यादलाई प्रमुख आधार बनाइएको छ ।

२०८१ असार १७ मा जिल्ला अदालत सर्लाहीले १० बालबालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोग पुष्टि गरेको थियो । बलात्कार मुद्दा दायर भए पनि जिल्लाले बम्जनलाई बाल यौन दुव्र्यवहार मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

बालयौन दुराचार मुद्दामा कारागारमा रहेका बम्जनले त्यहाँभित्र रहेकै समयमा गएको ४ असोज २०८१ मा जिल्लाको आदेशलाई चुनौती दिँदै उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराएका थिए । सोही पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले सुरु सर्लाही अदालतको फैसला नमिलेकोले भन्दै बदर गरेपछि बम्जनले सफाइ पाएका हुन् ।

उच्चले हदम्यादभित्र अभियोग पत्र दायर नभएकोले बम्जनलाई सफाइ दिएको हो । बिहीबार सार्वजनिक भएको पूर्णपाठको ठहर खण्डमा भनिएको छ, ‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।’

बम्जनले २० साउन २०७३ मा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला प्रचलनमा रहेको मुलुकी ऐन, २०२० र बालबालिकासम्बन्धी ऐन, २०४८ प्रचलनमा थियो । जहाँ जबरजस्ती करणी कसुरमा ६ महिनाको मात्र हदम्याद रहेको छ ।

तत्कालीन कानुनको भएको व्यवस्थाको हदम्याद अनुसार सरकारीले १९ माघ २०७३ भित्र अभियोग पत्र दायर गरिसक्नुपर्ने थियो । तर, पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको विषयलाई उच्चले प्राथमिकताको साथ लिएको छ ।

‘प्रस्तुत मुद्दाको वारदात २०७३ साउन २० मा भएको र सो वारदात बारेको जाहेरी दरखास्त २०७६ माघ २३ मा दर्ता भएको तथ्यमा कुनै विवाद देखिँदैन । जाहेरी दरखास्तको बेहोराबाट वारदातको विषय जबरजस्ती करणी भन्ने देखिन्छ,’ मुलुकी ऐन २०२० को व्यवस्था उद्धृत गर्दै फैसलामा भनिएको छ ’उक्त महलको ११ नं. मा जबरजस्ती करणीको कुरामा सो भए गरेको मितिले ६ महिनाभित्र नालिस नदिए लाग्न सक्तैन भन्ने उल्लेख भएको छ । यसबाट प्रस्तुत मुद्दाको वारदात हुँदाका समयमा जबरजस्ती करणीको मुद्दाका लागि करणी भएका मितिले ६क महिनाको हदम्याद निर्धारित भएको देखिन्छ ।’

यौन दुराचार मुद्दामा ‘तपश्वी’ बम्जनले पाए सफाइ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register