देउनियामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण लगाइदै

भद्रपुर, ४ बैशाख । झापाको बिर्तामोड–८ स्थित देउनियामा रहेको गणेश पञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण बैशाख ६ गतेबाट आयोजना गरिने भएको छ । विर्तामोड ८ तथा धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहने श्रीमद्भागवत महापुराण बैशाख १३ गतेसम्म सञ्चालन हुने भएको हो । धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक [...] The post देउनियामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण लगाइदै appeared first on Jhapa Online.

Apr 17, 2025 - 16:24
 0
देउनियामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण लगाइदै

भद्रपुर, ४ बैशाख । झापाको बिर्तामोड–८ स्थित देउनियामा रहेको गणेश पञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण बैशाख ६ गतेबाट आयोजना गरिने भएको छ ।

विर्तामोड ८ तथा धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहने श्रीमद्भागवत महापुराण बैशाख १३ गतेसम्म सञ्चालन हुने भएको हो । धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणार्थ खर्च गरिने छ भने केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाइ छ ।

नगद १० हजारमाथि सहयोग गर्ने दाताबाट संकलित सवै रकम दाहसंस्कार घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनका अनुसार ९ हजार ९९९ सम्म सहयोग जुटेको रकम पुराणका लागि खर्च गरिने छ ।

आयोजक समितिका सचिव अनिल गौतमका अनुसार विर्तामोड ८ र आसपास जोडिएका अन्य वडाका बासिन्दाको अन्त्यष्टी कर्म गर्ने घाट व्यवस्थित नभएका कारण पुराण मार्फत संकलित रकम र सम्बन्धित वडाबाट सहयोग जुटाएर विश्रान्ती घाट निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

उनले धेरैभन्दा धेरै भक्तजन सहभागी गराउन बैशाख ६ गतेको कलश यात्राका लागि निशुल्क यातायातको प्रबन्ध पनि रहेको जानकारी दिँदै पुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जानकारी दिए ।

प्रमुख वाचक तथा धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनालका अनुसार समाजको पूर्व संकल्प अनुसार १०८ भागवत लगाउने कार्य अन्र्तगत ३४ औं सार्वजनिक संगीतमय पुराणका रूपमा विर्तामोड ८ देउनिया चौकमा सो पुराण लगाइने भएको हो । प्रमुख वाचक खनालले मृत्युवरण सवैको हुने हुँदा घाट निर्माणमा हात खोलेर सहयोग गर्न सवै भक्तजनसित आग्रह समेत गरेका छन् ।

The post देउनियामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण लगाइदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register