सिंह तालिम तथा प्रशिक्षण विभागको निर्देशक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार विष्णु बहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त गरेको छ । बक्सिङ खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराएका ओलम्पियन सिंहले यसअघि सोही विभागमा उप–निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्राविधिक समूह अन्तर्गत द्वितीय श्रेणीका अधिकृत सिंहलाई राखेपले सदस्यसचिवस्तरको निर्णयमार्फत समान श्रेणीमा निर्देशकको कार्यभार दिएको हो । […]

Apr 18, 2025 - 10:07
 0
सिंह तालिम तथा प्रशिक्षण विभागको निर्देशक

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार विष्णु बहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त गरेको छ ।

बक्सिङ खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराएका ओलम्पियन सिंहले यसअघि सोही विभागमा उप–निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्राविधिक समूह अन्तर्गत द्वितीय श्रेणीका अधिकृत सिंहलाई राखेपले सदस्यसचिवस्तरको निर्णयमार्फत समान श्रेणीमा निर्देशकको कार्यभार दिएको हो । नव-नियुक्त निर्देशक सिंहले आगामी वैशाख ६ गतेदेखि आफ्नो जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register