नेतृत्व विकास र युवा क्षमताको संवर्द्धन गर्न जेसीसको ठुलो महत्त्व छ : मन्त्री यादव

बारा । खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताउनु भएको छ । आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो […]

Jan 26, 2025 - 17:07
 0
नेतृत्व विकास र युवा क्षमताको संवर्द्धन गर्न जेसीसको ठुलो महत्त्व छ : मन्त्री यादव

बारा ।

खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताउनु भएको छ ।


आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो । समाजमा जेसीसको महत्त्वलाई विशेष रूपमा उजागर गरिएको छ ।”


सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री यादवले सक्षम, दृढवान, र क्षमतावान व्यक्तित्वको निर्माण गर्दै समाजमा नेतृत्व क्षमताको विकास गर्ने यस संस्थाले खेल्ने भूमिकालाई पनि उच्च प्रशंसा गरिदै आएको समेत बताउनुभयो ।


उहाँले भन्नुभयो, “जेसीस संस्थालाई अझ सक्षम बनाउने र उपयुक्त अवसरहरू उपलब्ध गराउन आवश्यकता छ, समाजमा जेसीसको ठूलो योदना र महत्व रहेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register