राप्रपाको प्रदर्शनलाई लिएर बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । यसलाई लिएर बिजुलीबजारलगायत क्षेतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो । आज पार्टीका नेता–कार्यकर्ताले काठमाडौंका तीन ठाउँमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ । भद्रकालीमा जम्मा भएर सिंहदरबार […]

Apr 20, 2025 - 07:05
 0
राप्रपाको प्रदर्शनलाई लिएर बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । यसलाई लिएर बिजुलीबजारलगायत क्षेतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो ।

आज पार्टीका नेता–कार्यकर्ताले काठमाडौंका तीन ठाउँमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

भद्रकालीमा जम्मा भएर सिंहदरबार पश्चिम गेट जाने, बिजुलीबजारमा जम्मा भएर संसद् भवन जाने र भाटभटेनी ढुङ्गेधारामा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटार जाने राप्रपाको तयारी छ ।

बिजुलीबजारको नेतृत्व अध्यक्ष लिङ्देनले, बालुवाटारको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीको नेतृत्व विक्रम पाण्डेले गर्नेछन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आजको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने जानकारी दिएका छन् । प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ ।

यता राप्रपाले आज बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले कडा चेतावनी दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा आजै शिक्षहरूको पनि आन्दोलन भएको थियो । यो आन्दोलन मध्यान्ह १२ बजे अडाडि नै सकिएको थियो ।

तस्वीरहरूमा बिजुली बजार क्षेत्र :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register