सुशासनसँगै तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज (सोमबार) बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, […]

Apr 21, 2025 - 05:30
 0
सुशासनसँगै तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज (सोमबार) बस्दैछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको ६२ औँ बैठक बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने छ ।

यसैगरी आजै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ । बैठक दिनको १२ : ४५ बजे समिति हलमा बस्नेछ ।

आजको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल गरिने कार्यसूचि रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register