नेवा: राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा उमेश स्थापित 

 काठमाडौँ ।  नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो अधिवेशनले उमेश स्थापितको नेतृत्वमा १ सय २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा भएको अधिवेशनबाट सर्वसम्मतबाट उनको नेतृत्वमा नयाँ समिति गठन भएको हो । निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्यविभाजन तय गर्नेछ । नेवा: पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमणको बाटोमा […]

Apr 21, 2025 - 11:15
 0
नेवा: राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा उमेश स्थापित 

 काठमाडौँ ।

 नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो अधिवेशनले उमेश स्थापितको नेतृत्वमा १ सय २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

राजधानीमा भएको अधिवेशनबाट सर्वसम्मतबाट उनको नेतृत्वमा नयाँ समिति गठन भएको हो । निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्यविभाजन तय गर्नेछ ।

नेवा: पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमणको बाटोमा लाग्ने उद्देश्यसहित गठन भएको यस मोर्चाको नेवा: राजनीतिक आन्दोलनमा छुट्टै पहिचान स्थापित भएको सम्मेलनमा नेवा: खलःको संस्थापक र निवर्तमान अध्यक्ष दिलीप महर्जनले जानकारी दिए ।

आइतबार भएको बन्द सत्रमा नेकपा (माओवादी केन्द्रका) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेवा: समुदायलाई अधिकार सम्पन्न गराउने कुनै संस्था छ, भने त्यो नेवा: मोर्चा र माओवादी रहेको स्पष्ट पारे ।

नेपाल सम्वत र नेपालभाषालाई सरकारी मान्यताको लागि लामो समयसम्म नेवा: समुदायले आन्दोलन गरे पनि प्रमुख राजनीतिक पार्टीहरुले बेवास्ता गरे पनि माओवादीको नेतृत्वमा संघीय र प्रादेशिक सरकार गठन भएपछि सो अधिकार प्रत्याभूत गरेको उनले स्मरण गराए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका  नेता श्रेष्ठले राजधानीका स्थानीय बासिन्दा भए पनि राजनीतिक रुपमा पछाडि पार्नुको कारण खोतल्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकतासहित विशेष रुपमा आदिवासी जनजाति र नेवा: समुदायको लागि स्वायत्त राज्य आवश्यक भएको दाबी गरे।

उनले आत्म निर्णयको अधिकारसहित विशेषाधिकार भए मात्र नेवा: समुदायको भाग्य र भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।

नेता श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनतामा आशा भर्न सफल भएको बताए ।

बन्द सत्रमा नेवा: राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सचिव हितमान शाक्यले पहिलो संविधानसभाबाटै १४ प्रदेशसहित नेवा: स्वायत्त राज्य स्थापना गर्ने मार्ग खुले पनि संविधानसभा भंग भएकाले सो पूरा नभएको बताए ।

दोश्रो संविधानसभामा पार्टी फुट भएर तेश्रो शक्तिमा चित्त बुझाउनुपर्दा विगतका प्रतिबद्धता अधुरै रहेको बताए ।

उनले यथास्थितिवादमा रमाउने पार्टी र उग्रवामपन्थको कारणले पनि नेवा: स्वायत्त राज्य स्थापनामा चुनौति थपिएको स्मरण गर्दै  मोर्चा र पार्टीले पहिचानसहितको प्रदेश निर्माणको लागि सबै तहबाट आन्दोलित हुने प्रतिबद्धता व्यक्त गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register