दानव खोलामा बेपत्तामध्ये एक जनाको शव भेटियो, दुई अझै बेपत्ता

रूपन्देही। रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए […]

Apr 21, 2025 - 16:33
 0
दानव खोलामा बेपत्तामध्ये एक जनाको शव भेटियो, दुई अझै बेपत्ता

रूपन्देही।

रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे । हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी जनाएको छ।

आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register