झापामा ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, ९ वैशाख। पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका –८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मङ्गलबार बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प. २९९७ नम्बरको ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा नगरपालिका– ५ बस्ने ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको [...] The post झापामा ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु appeared first on Jhapa Online.

Apr 22, 2025 - 08:48
 0
झापामा ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, ९ वैशाख। पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका –८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मङ्गलबार बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प. २९९७ नम्बरको ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा नगरपालिका– ५ बस्ने ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्याङ्कर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका–१ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register