रेलमार्गको योजनाबाट पछि हट्ने सम्भावना छैन : भौतिक पूर्वाधार मन्त्री दाहाल

बिर्तामोड, २० माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकमा विकासका काम तीव्र गतिमा बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले साना–ठूला ठेक्काहरु लागिसकेको र केही लाग्ने क्रममा रहेकाले भौतिक विकासका काम तीव्र रुपमा अघि बढेको बताउनुभयो । “देशको विकासले एउटा फड्को मार्दैछ”, उहाँले [...] The post रेलमार्गको योजनाबाट पछि हट्ने सम्भावना छैन : भौतिक पूर्वाधार मन्त्री दाहाल appeared first on Jhapa Online.

Feb 2, 2025 - 11:13
 0
रेलमार्गको योजनाबाट पछि हट्ने सम्भावना छैन : भौतिक पूर्वाधार मन्त्री दाहाल

बिर्तामोड, २० माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकमा विकासका काम तीव्र गतिमा बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी झापाले आज बिर्तामोड आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले साना–ठूला ठेक्काहरु लागिसकेको र केही लाग्ने क्रममा रहेकाले भौतिक विकासका काम तीव्र रुपमा अघि बढेको बताउनुभयो ।

“देशको विकासले एउटा फड्को मार्दैछ”, उहाँले भन्नुभयो, “बुटबल नारायणहाट छ महिनादेखि अवरुद्ध थियो त्यो अगाडि बढेको छ ।”

मन्त्री दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताउनुभएको छ । मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भए पनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताउनुभयो ।

रेल प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न स्रोत सुनिश्चितताको विषय उठिरहेका बेला मन्त्री दाहालले यस विषयमा अर्थ मन्त्रालयसँग कुराकानी भएको बताउनुभयो । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने जनाउँदै चार वर्षअघिदेखि झापा, मोरङ र सुनसरीका सर्वसाधारणको जग्गा रोक्का राखेको छ ।

रेल प्रभावित क्षेत्रका बासिन्दाले सरकारले मुआब्जा नदिए आफ्नो जग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको माग सुनवाई गर्दै चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि रेलमार्ग बनाउने मन्त्री दाहालले बताउनुभयो । सरकारको एउटा ड्रिम प्रोजेक्टका रुपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै मन्त्री दाहालले यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको दोहो¥याउनु भयो ।

The post रेलमार्गको योजनाबाट पछि हट्ने सम्भावना छैन : भौतिक पूर्वाधार मन्त्री दाहाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register