जन्ती गएर फर्किंदा ट्याक्टरले दियो ठक्कर, एक जनाको मृत्यु, एक जना घाइते

गाईघाट, २३ बैशाख । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट [...] The post जन्ती गएर फर्किंदा ट्याक्टरले दियो ठक्कर, एक जनाको मृत्यु, एक जना घाइते appeared first on Jhapa Online.

May 6, 2025 - 03:59
 0
जन्ती गएर फर्किंदा ट्याक्टरले दियो ठक्कर, एक जनाको मृत्यु, एक जना घाइते

गाईघाट, २३ बैशाख । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् ।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् ।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कंदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए ।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

The post जन्ती गएर फर्किंदा ट्याक्टरले दियो ठक्कर, एक जनाको मृत्यु, एक जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register