निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन जारी रहने: चिकित्सक संघ

काठमाडौंआन्दोलनरत निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबीचको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको माग सम्बोधन नगरेको भन्दै आवासीय चिकित्सक र नेपाल चिकत्सिक संघले बिहीबार जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालय र काठमाडौंमा स्वास्थ्य मन्त्रालय घेराउ गरेपछि स्वास्थ्य मन्त्रालयमा वार्ता भएको थियो । निजी मेडिकल […]

Apr 25, 2025 - 03:56
 0
निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन जारी रहने: चिकित्सक संघ

काठमाडौं
आन्दोलनरत निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबीचको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको माग सम्बोधन नगरेको भन्दै आवासीय चिकित्सक र नेपाल चिकत्सिक संघले बिहीबार जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालय र काठमाडौंमा स्वास्थ्य मन्त्रालय घेराउ गरेपछि स्वास्थ्य मन्त्रालयमा वार्ता भएको थियो । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारले तोकेको निर्वाह भत्ता नपाएपछि २९ दिनदेखि सडक आन्दोलनमा उत्रिएका थिए ।
वार्तामा चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले आवासीय चिकित्सकको खातामा सरकारी आठौं तहसरह निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन नरोकिने बताउनुभएको थियो । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकबाट निर्णय भएको मासिक ४८ हजार ७ सय ३७ रुपियाँ निर्वाह भत्तामा दिन नमाने निजी मेडिकल कलेजका कुनै पनि काम मन्त्रालयबाट नहुने भन्दै उक्त निर्णयलाई जसरी पनि कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।
डा. कार्कीले निजी मेडिकल कलेज सञ्चालकहरूले निर्वाह भत्तासम्बन्धी निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै निजी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारले भत्ता दिलाएर सरकारी अस्पतालमै सार्नसमेत आग्रहसमेत गर्नुभयो । मन्त्री पौडेलसँगको वार्तामा आवासीय चिकित्सकहरूले सरकारले गरेको निर्णयको कार्यान्वयनका माग गर्दा निजी मेडिकल कलेजका सञ्चालकहरूले चिकित्सकहरूमाथि ज्यानै लिनेसम्मको धावा बोलेको र बारम्बार धम्क्याउँदै आएको भन्दै निर्णयको कार्यान्वयनका साथै शान्ति सुरक्षाको समेत माग गरेका थिए ।

तिलगंगामा अकुलोप्लास्टी सेवा विस्तार
काठमाडौं, (नेस)
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइतले बुधबार आँखाको क्यान्सर तथा अकुलोप्लास्टी केन्द्रित शल्यक्रिया कक्षको विधिवत् उद्घाटन गर्नुुभयो ।
आँखा स्वास्थ्यको क्षेत्रमा ३ दशकभन्दा लामो यात्रा पार गरेको तिलगंगा अस्पतालले गुणस्तरीय, झन्झटरहित र समयसापेक्ष उपचार प्रदान गर्नुका साथै समय व्यवस्थापनलाई थप चुस्त बनाउन हाल ब्लक ‘बि’को दोस्रो तल्लामा रहेको शल्यक्रिया कक्षबाहेक चौथो तलामा थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरी एस्थेटिक अकुलोप्लास्टि सेवा विस्तार गरेको छ ।
एस्थेटिक अकुलोप्लास्टी भन्नाले आँखारोग उपचारको यस्तो विषय हो, जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया या अन्य उपचार पद्धतिबाट सुधार एवम् परिवर्तन ल्याउन मद्दत गर्ने विषय भएकाले यसप्रतिको चासो नेपाली समाजमा बढ्दो छ । चिकित्सकको निर्देशनअनुसार समय–समयमा गरिने उपचार, बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपनलगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ ।

(स्टक)
फोटो
प्रचण्डको छटपटाहट (हेड)
दिनहुँ सरकार ढल्ने हल्ला फिँजाएर अस्थिरता मच्चाउने खेल (सबहेड)
नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधंैजसो सरकार ढल्ने हल्ला फैलाउँदै अस्थिरताको बिज रोप्ने प्रयासमा लाग्दै आउनुभएको छ । सरकार फेरबदल भइरहने हो भने देश पुनः राजनीतिक अस्थिरताको दलदलमा फस्ने सम्भावना रहन्छ ।
झण्डै दुई तिहाईनजिक रहेको कांग्रेस एमालेको सरकार ढलेमा अस्थिर सरकार बन्ने र त्यो सरकार फेरि जुनसुकै बेला पनि ढल्ने अवस्था हँुदाहुँदै प्रचण्ड त्यस्तै अस्थिर सरकार बनाउने खेलमा मरिहत्ते गरेर लागिरहनुभएको छ । उहाँले खुलेआम कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्काल प्रधानमन्त्री बनाउने बताउँदै आए पनि देउवाले उहाँलाई विश्वास नगर्दा र अस्थिरता हुन सक्ने आँकलन गर्दै प्रचण्डको प्रस्तावलाई पूर्ण रूपमा बेवास्ता गर्दै आइरहनुभएको छ । तर, प्रचण्डको रातदिनको समय नै देउवालाई मनाएर ओलीलाई सरकारबाट बहिर्गमन गरी कसरी अस्थिर सरकार बनाउन सकिन्छ भन्नेमा बित्ने गरेको पाइएको छ ।
सत्तामा रहँदा असन्तुष्ट जनताको चर्को आलोचना खेप्नुपरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट टाढा रहँदा पुनः सरकार ढालेर सके आफैं प्रधानमन्त्री बन्ने तथा नसके पार्टीलाई सरकारमा पठाउने योजनामा लागिरहने गर्नुहुन्छ । सत्ताबिना माओवादी बाहिर बस्नै नसक्ने प्रवृत्ति उहाँले देखाउँदै आउनुभएको छ । विगतका सरकारहरूको स्थायित्व भत्काउने अभ्यासमा संलग्न देखिएका प्रचण्ड फेरि एकपटक पुरानै रणनीतिमा फर्कन थाल्नुभएको छ ।
स्रोतका अनुसार, देउवाको थाइल्यान्ड भ्रमणअघि दुवै नेताबीच टेलिफोन संवाद भएको र फर्किएपछि थप छलफल गरी सरकार परिवर्तनतर्फ अगाडि बढ्ने कुरा प्रचण्डले व्यक्त गर्न थाल्नुभएको छ । सो कुरा उहाँले बिहीबार आफूनिकट नेताहरूलाई बताउनुभएको छ । तर, कांग्रेस नेताहरू कांग्रेसभित्र सरकारले आफ्नो काममा परिवर्तन ल्याउनुपर्ने विषय उठे पनि सरकार ढाल्ने विषय कसैले पनि नउठाएको बताउँछन् ।
२०६२÷६३ को आन्दोलनपछि स्थापित प्रचण्ड नेतृत्वको माओवादी शक्ति सत्ताको लतबाट कहिल्यै उम्किन सकेन । २०६४ को संविधानसभा निर्वाचनमा २२० सिट जितेर पहिलो दल बनेको माओवादी २०७९ सम्म आइपुग्दा ३२ सिटमा झरेको तथ्यले जनताको समर्थन कति घटेको छ भन्ने स्पष्ट देखिन्छ । यतिमात्रै होइन, २०७४ मा एमालेसँग एकीकृत भई ५८ सिट ल्याएको पार्टी अहिले वैचारिक दिशाहीनता, नेताबीचको टकराव र सत्ताको चरम मोहले कमजोर बन्दै गएको छ । यस्तो कमजोरीको अवस्था ढाक्न माओवादीले अहिले विभिन्न जिल्लामा पदयात्रा गर्दै जनताको नजिक रहेको भ्रम दिइरहेको विश्लेषकको विश्लेषण छ ।
माओवादी केन्द्रले आरजु प्रकरणमा दोहोरो भूमिका निर्वाह गरिरहेको देखिन्छ । यसअघि प्रचण्डले नेतृत्व गरेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेस नेतृ डा. आरजु राणा देउवामाथि कारबाही हुने हल्ला फिँजाएको थियो । त्यति बेला आरजु पक्राउ पर्ने सम्भावनाको हल्ला तीव्र थियो । यसै प्रकरणलाई लिएर कांग्रेस र एमाले मिलेर सरकार ढालेको आरोपसमेत प्रचण्डले लगाउन भ्याउनुभएको थियो ।
तर, अहिले प्रचण्डकै तर्फबाट आरजुकै पति शेरबहादुर देउवालाई बारम्बार प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुले विगतको दाबीमाथि प्रश्नचिह्न खडा भएको छ र उहाँको दाबी जनतालाई भ्रम छर्ने सिवाय अरू केही नभएको पुष्टि भएको छ । राजनीतिक विश्लेषकहरू भन्छन्– ‘यदि, आरजुमाथि त्यति बेला साँच्चै अनुसन्धान हुँदै थियो भने अहिले देउवालाई अगाडि सार्नु प्रचण्डकै विश्वासनीयतामाथि गम्भीर प्रश्न हो र त्यो जनतालाई दिइएको मिठो भ्रम हो ।’
कम्युनिस्ट विचारबाट उदाएको माओवादी अहिले पुँजीवादी शैली, ठेकेदारमुखी शासन र व्यक्तिगत लाभमुखी समीकरणमा सीमित भएको छ । प्रचण्ड निवासका घरबेटी ठेकेदार शारदा अधिकारी समयमा नै ठेक्का सम्पन्न नगरी राज्यलाई करोडौं ठगी गरेको आरोपमा कालोसूचीमा परेपछि प्रचण्डप्रतिको अविश्वास झनै बढेको छ । एक वरिष्ठ सरकारी अधिकारीको भनाइमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका र तेस्रो पार्टीका प्रमुख नेता कालोसूचीमा परेका व्यक्तिको घरमा बस्नु नै नैतिकताको प्रश्न हो । यो भ्रष्टीकरणको एउटा नमुना हो । प्रचण्डले केही समयअघि यो विषय उठ्दा विवादास्पद व्यक्तिको घरमा नबस्ने बताउनुभएको थियो तर अहिले उहाँले त्यो कुरा भुल्नुभएको छ र विवादास्पद ठेकेदारकै घरमा बसिरहनुभएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्, ‘प्रचण्डको पछिल्लो सक्रियता देशलाई स्थायित्व, पारदर्शिता र जवाफदेहितातर्फ होइन, फेरि एकपटक सत्ताको जालझेल, अस्थिरता र विश्वासको संकटतर्फ धकेल्ने कदम हो, सत्ताको अनन्त लालसाले प्रचण्ड स्वयम् र उनको पार्टीलाई झन्झन् कमजोर बनाउँदै लगेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register