नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित  सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका […]

Apr 25, 2025 - 07:00
 0
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो ।

तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित  सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मङ्गोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् ।

“यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो । यो अमेरिकाको हितमा पनि छ,” ती कर्मचारीले रोयटर्ससँग भने ।

नेपालमा एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । परियोजनाअन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register