काठमाडौं महानगरको प्रष्टिकरण दरबारमार्गको ‘ग्रेनाइट’मा कोही चिप्लिदैँन

काठमाडौं । काठमाडौं महानगरले दरबारमार्गको फुटपाथमा ‘ग्रेनाइट’ राख्न सुरू गरेको छ । तर, महानगरले राख्न सुरू गरेको ‘ग्रेनाइट’को सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पैदलयात्रीका लागि ‘ग्रेनाइट’ राखिएको फुटपाथ सुरक्षित नहुने भन्दै महानगरको कामको आलोचना गरिरहेका छन् । पानी परेको समयमा पैदलयात्री ‘ग्रेनाइट’मा चिप्लेर लड्न सक्ने चिन्ता समाजिक सञ्जालमा व्यक्त भएको छ […]

Feb 13, 2025 - 11:30
 0
काठमाडौं महानगरको प्रष्टिकरण दरबारमार्गको ‘ग्रेनाइट’मा कोही चिप्लिदैँन

काठमाडौं । काठमाडौं महानगरले दरबारमार्गको फुटपाथमा ‘ग्रेनाइट’ राख्न सुरू गरेको छ । तर, महानगरले राख्न सुरू गरेको ‘ग्रेनाइट’को सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पैदलयात्रीका लागि ‘ग्रेनाइट’ राखिएको फुटपाथ सुरक्षित नहुने भन्दै महानगरको कामको आलोचना गरिरहेका छन् ।

पानी परेको समयमा पैदलयात्री ‘ग्रेनाइट’मा चिप्लेर लड्न सक्ने चिन्ता समाजिक सञ्जालमा व्यक्त भएको छ । बृद्ध, अशक्त पैदलयात्रीका लागि ‘ग्रेनाइट’ राखिएको फुटपाथ सुरक्षित नहुने भन्दै धेरैले सामाजिक सञ्जालमा चिन्ता जाहेर गरिरहेका छन् ।

महानगरले ५ करोड १५ लाख रुपैयाँ लगानीमा दरबारमार्गको महानगर प्रहरी वृत्तदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट बिछ्याउँदैछ ।

दरबा मार्गको फुटपाथमा राख्न लागिएको ‘ग्रेनाइट’ पैदल यात्रीका लागि सुरक्षित छ कि छैन ?

काठमाडौं महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका भन्छन्, “सुरक्षित छ ।”

“हामी पानी हाल्छौं, तपाईंहरू हिड्नुहोस, चिप्लो भएछ भने अनि कुरा गरौंला ।”

शाक्यका अनुसार दरबारमार्गको फुटपाथमा बिछ्याउन लागिएको ‘ग्रेनाइट’ चिप्लो नभई खस्रो हो । शाक्यले नेपालभ्युजसँग भने, “ग्लास पोलिस भएको ‘ग्रेनाइट’ चिप्लो हुन्छ । तर, हामीले दरबारमार्गमा खस्रो सतह भएको ‘ग्रेनाइट’ बिछ्याउन लागेका छौं ।”

ईटा, सिमेन्ट र ढुंगाले फुटपाथ छाप्दा बर्खामा लेउ लाग्ने र पैदलयात्रीलाई जोखिम हुने गरेको शाक्यले सुनाए ।

दरबार मार्गको फुटपाथमा हिडेपछि मात्र उक्त फुटपाथमा राखिएको ‘ग्रेनाइट’ बारे टिप्पणी गर्न शाक्यले चुनौति दिए । उनले भने, “मान्छेहरु त्यहाँ नगइकनै, त्यसमा नहिँडीकनै आलोचना गरिरहेकाछन् । त्यहाँ गएर हिँडेपछि थाह भइहाल्छ । मान्छेहरू अनावश्यक भ्रम फैलाइरहेकाछन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register