‘ऊनको स्वीटर’को प्रचार गर्न पोखरा र धरानमा सांगीतिक कार्यक्रम

आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । देशका दुई ठूला सहर पोखरा र धरानमा चर्चित गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ‘ऊनको स्वीटर साँझ’ शीर्षकको कार्यक्रममा सुजनले फिल्ममा समावेश गीतहरुमा प्रस्तुति दिने जनाइएको छ । पोखराको लेकसाइडस्थित हल्लन [...] The post ‘ऊनको स्वीटर’को प्रचार गर्न पोखरा र धरानमा सांगीतिक कार्यक्रम appeared first on Jhapa Online.

Apr 25, 2025 - 09:22
 0
‘ऊनको स्वीटर’को प्रचार गर्न पोखरा र धरानमा सांगीतिक कार्यक्रम


आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । देशका दुई ठूला सहर पोखरा र धरानमा चर्चित गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ‘ऊनको स्वीटर साँझ’ शीर्षकको कार्यक्रममा सुजनले फिल्ममा समावेश गीतहरुमा प्रस्तुति दिने जनाइएको छ ।

पोखराको लेकसाइडस्थित हल्लन चोकमा शुक्रबार (आज) अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका मुख्य कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीत गाउनेछन् । झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर सुजनले झलकमानका कालजयी गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि राखिएको छ ।

त्यसैगरी, धरानको रङ्गशालामा बैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रमलाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ । पोखरा र धरानको कार्यक्रमले फिल्मको प्रचारमा ठूलो सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।

आर्टमाण्डूको निर्माण रहेको फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु लगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट निर्देशक चौहान र सुरज कटुवालले मिलेर लेखेका हुन् । फिल्मको ट्रेलर बैशाख १६ गते सार्वजनिक गर्ने तयारीमा निमार्ण टिम छ ।

The post ‘ऊनको स्वीटर’को प्रचार गर्न पोखरा र धरानमा सांगीतिक कार्यक्रम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register