बिर्तामोडबाट ब्राउनसुगरसहित लिम्बू जना पक्राउ

झापा, ४ जेठ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी [...] The post बिर्तामोडबाट ब्राउनसुगरसहित लिम्बू जना पक्राउ appeared first on Jhapa Online.

May 18, 2025 - 13:25
 0
बिर्तामोडबाट ब्राउनसुगरसहित लिम्बू जना पक्राउ

झापा, ४ जेठ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की भावना गुरुङलाई ४९० मिलिग्राम ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको छ ।

The post बिर्तामोडबाट ब्राउनसुगरसहित लिम्बू जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register