माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ सुरु, यस्तो छ कार्यक्रमको तालिका

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको झापाको कचनकवलबाट ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ आज (सोमबार)देखि सुरु भएको छ । झापाको कचनकवलबाट अभियान सुरु भएको माओवादी केन्द्रले जनाएको छ । अभियान चैत्र ७ गते कञ्चनपुरमा पुगेर सम्पन्न हुनेछ । उक्त अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू झापा पुगिसकेका छन् । माओवादी केन्द्रले गत […]

Feb 24, 2025 - 06:28
 0
माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ सुरु, यस्तो छ कार्यक्रमको तालिका

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको झापाको कचनकवलबाट ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ आज (सोमबार)देखि सुरु भएको छ ।

झापाको कचनकवलबाट अभियान सुरु भएको माओवादी केन्द्रले जनाएको छ । अभियान चैत्र ७ गते कञ्चनपुरमा पुगेर सम्पन्न हुनेछ ।

उक्त अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू झापा पुगिसकेका छन् । माओवादी केन्द्रले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस्तो छ अभियान कार्यक्रमको तालिका

कोशी प्रदेश
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते
मधेस प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register