ब्लगर गोरयाको आरोपः हत्याको षड्यन्त्रमा पाकिस्तान संलग्न, लण्डन सुपरमार्केटका कर्मचारी मुहम्मद गोहिर खान दोषी

नेदरल्यान्ड्समा निर्वासनमा रहेका पाकिस्तानी राजनीतिक ब्लगर अहमद वकास गोरायाको हत्याको षड्यन्त्र गरेको आरोपमा बेलायतको एक सुपरमार्केटका कर्मचारी मुहम्मद गोहिर खानलाई बेलायती अदालतले दोषी ठहर गरेको छ । फैसलाप्रति प्रतिक्रिया दिँदै गोरायाले षड्यन्त्रमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाए । वास्तविक दोषी पत्ता लगाई कारबाही हुनुपर्छ, उनले भने ।

Jan 29, 2022 - 08:22
Jan 29, 2022 - 08:28
 0
ब्लगर गोरयाको आरोपः हत्याको षड्यन्त्रमा पाकिस्तान संलग्न, लण्डन सुपरमार्केटका कर्मचारी मुहम्मद गोहिर खान दोषी

ब्लगर गोरायाको आरोपः हत्याको षड्यन्त्रमा पाकिस्तान संलग्न, लण्डन सुपरमार्केटका कर्मचारी मुहम्मद गोहिर खान दोषी

नेदरल्यान्ड्समा निर्वासनमा रहेका पाकिस्तानी राजनीतिक ब्लगर अहमद वकास गोरायाको हत्याको षड्यन्त्र गरेको आरोपमा बेलायतको एक सुपरमार्केटका कर्मचारी मुहम्मद गोहिर खानलाई बेलायती अदालतले दोषी ठहर गरेको छ । फैसलाप्रति प्रतिक्रिया दिँदै गोरायाले षड्यन्त्रमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाए । वास्तविक दोषी पत्ता लगाई कारबाही हुनुपर्छ, उनले भने ।

गोरायाले शुक्रबार पाकिस्तानले आफूलाई मार्ने षड्यन्त्र रचेको आरोप लगाएका थिए । ३१ वर्षीय सुपरमार्केट कर्मचारी मुहम्मद गोहिर खानलाई यस मुद्दामा दोषी ठहर गरिएको छ। पाकिस्तानमा बसेका बिचौलियाले खानलाई मार्ने षड्यन्त्र रचेर यो जिम्मेवारी खानलाई दिएको गोरायाले बताए ।

 खानलाई मार्चको दोस्रो साता सजाय सुनाइने अपेक्षा गरिएको छ । खानमाथि गत वर्ष जुनमा गोरायाको हत्या गरेको आरोप छ । पाकिस्तानमा पाँच ब्लगरको अपहरणपछि पाकिस्तानी कार्यकर्ता तथा ब्लगर गोरायाले देश छाड्ने निर्णय गरेका थिए । उनी हाल नेदरल्याण्डमा बस्दै आएका छन् । पाकिस्तानी अखबार डनका अनुसार खानलाई २०२१ मा पाकिस्तानी बिचौलिया मुजामिलले सम्पर्क गरेको थियो र यस कामको लागि पैसा साटिएको थियो।

दक्षिण पश्चिम लन्डनको किङ्स्टन अदालतले खानलाई दोषी ठहर गरेको हो । उनलाई गत वर्ष जुनमा नेदरल्याण्डमा गोरयाको हत्याको षड्यन्त्र रचेको आरोप लागेको थियो । नेदरल्याण्ड्सबाट रेल चढेर बेलायत फर्कने क्रममा उनलाई पक्राउ गरिएको हो ।

गोराया एक दशकभन्दा बढी समयदेखि पाकिस्तान बाहिर बस्दै आएका छन् । उनी सुनुवाइमा उपस्थित भएनन् । खानलाई दोषी ठहर गरेकोमा आफू खुसी भएको उनी बताउँछन्, तर घटनाका वास्तविक दोषी पाकिस्तानमा बसेर षडयन्त्र गर्ने हरुलाई कारबाही हुनुपर्छ भनेका छन् । यसबारे बेलायतका कानुनी अधिकारीहरूले घटनाको अनुसन्धान जारी राख्दै दोषी जो भए पनि कारबाही हुने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal