गगन थापाविरुद्द अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ता विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए । बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक […]

Apr 27, 2025 - 12:14
 0
गगन थापाविरुद्द अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ता विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए ।

बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको बताएका थिए । ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई/तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,’ उनले भनेका थिए ।

थापाको उक्त भनाइले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरिएको हो। उक्त मुद्दामाथि मंगलबार पेसी तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register