नेकपा एसका नेताहरूप्रति आक्रोशित शिक्षक : समितिमा विधेयक झुलाएर सडकमा आउनुको अर्थ हुँदैन

काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेपाल कम्युनिस्ट पार्टी समाजवादीका शीर्ष नेताहरूप्रति शिक्षकहरू आक्रोशित बनेका छन् । उनीहरूले आफुहरूको माग सम्बोधनका लागि सडकमा आएर नभई संसदमै प्रभावकारी भूमिका निर्वाह गर्न नेताहरूलाई सुझाएका छन् । नेकपा एस नेतृत्वकै शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको भन्दै शिक्षकहरूले शीर्ष नेताहरू समक्ष आक्रोश व्यक्त गरे । ‘तपाइँहरूकै नेतृत्वमा शिक्षा […]

Apr 28, 2025 - 08:44
 0
नेकपा एसका नेताहरूप्रति आक्रोशित शिक्षक : समितिमा विधेयक झुलाएर सडकमा आउनुको अर्थ हुँदैन

काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेपाल कम्युनिस्ट पार्टी समाजवादीका शीर्ष नेताहरूप्रति शिक्षकहरू आक्रोशित बनेका छन् ।

उनीहरूले आफुहरूको माग सम्बोधनका लागि सडकमा आएर नभई संसदमै प्रभावकारी भूमिका निर्वाह गर्न नेताहरूलाई सुझाएका छन् । नेकपा एस नेतृत्वकै शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको भन्दै शिक्षकहरूले शीर्ष नेताहरू समक्ष आक्रोश व्यक्त गरे ।

‘तपाइँहरूकै नेतृत्वमा शिक्षा समिति छ । शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको छ । हाम्रो माग सम्बोधनका लागि तपाइँहरू सडकमा आएर होइन सदनमै सशक्त हुनुपर्‍यो । ऐन जारी गर्न तपाइँहरूले सदनमा दबाब दिने हो । तपाइँहरूकै नेता समिति सभापति हुनुहुन्छ उहाँले विधेयकमा अलमल गरिरहनुभएको छ । तपाइँहरू संसद्मा काम गर्नुस् । सडकमा आउनुको कुनै अर्थ छैन,’ शिक्षकहरूले भने ।

शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेकपा एसका नेताहरू

ऐक्यवद्धता जनाउन सडकमा गएका नेताहरूप्रति शिक्षकहरू आक्रोशित भएपछि नेताहरू फर्किन थाले । त्यसक्रममा शिक्षकहरूले शिक्षा ऐन तत्काल जारी गर भन्दै नाराबाजी गरेका थिए ।

शिक्षकहरूको आन्दोलनमा दोस्रोपटक पुगेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गुरूहरूको मागलाई पहिलो प्राथामिकतामा राखेर पुरा गर्नुपर्ने बताए । ‘शिक्षकहरूको माग सम्बोधन प्राथामिकताका साथ गर्नुपर्छ । शिक्षकहरूमाथिको दमन सरकारको अकर्मण्यता हो । यसको हामी विरोध गर्छौँ,’ उनले भने ।

सरकारले ऐन जारीका लागि ध्यान दिन नसक्नु सरकारको गैरजिम्मेवारपन रहेको उनले बताए । नेता खनालले नेकपा एसले शिक्षकहरूको आन्दोलनप्रति माग पुरा नहुन्जेलसम्म पार्टीको साथ रहने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register