बुद्ध दर्शनको विश्वव्यापीकरण आजको आवश्यकता : उपाध्यक्ष घिमिरे

कपिलवस्तु । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले बुद्ध दर्शनको महत्व र विश्व शान्तिमा यसले पुर्‍याएको योगदानलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताएकी छन् । कपिलवस्तुको तिलौराकोटमा सोमबार साँझ सम्पन्न भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले विश्वमा बढ्दो द्वन्द्वलाई समाधान गर्न शान्तिप्रिय बुद्ध दर्शनको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेकी […]

Apr 29, 2025 - 03:41
 0
बुद्ध दर्शनको विश्वव्यापीकरण आजको आवश्यकता : उपाध्यक्ष घिमिरे

कपिलवस्तु । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले बुद्ध दर्शनको महत्व र विश्व शान्तिमा यसले पुर्‍याएको योगदानलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताएकी छन् ।

कपिलवस्तुको तिलौराकोटमा सोमबार साँझ सम्पन्न भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले विश्वमा बढ्दो द्वन्द्वलाई समाधान गर्न शान्तिप्रिय बुद्ध दर्शनको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेकी हुन्।

उनले गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको मार्गका कारण विश्वभर बौद्ध धर्मका अनुयायीहरू बढिरहेको उल्लेख गर्दै विश्वमा बढ्दो द्वन्द्वका कारण बुद्धका सन्देशहरू अझ सान्दर्भिक र महत्वपूर्ण भएको बताईन् । उपाध्यक्ष घिमिरेले विश्व शान्ति, मानव कल्याण र अहिंसा जस्ता बुद्धका सन्देशहरूलाई अझ व्यापक बनाउन सबैले लाग्नुपर्नेमा जोड दिईन् ।

समाजलाई द्वन्द्वबाट शान्तिमा रूपान्तरण गर्न र सामाजिक मेलमिलापका आधारहरू निर्माण गर्न बौद्ध धर्मले महत्वपूर्ण मार्गदर्शन गरेको उनको भनाइ थियो। ‘हामीले हाम्रो इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका र भोगेका छौँ,’ उनले भनिन, ‘द्वन्द्वले सामाजिक शान्ति र सद्भावमा पार्ने गहिरो क्षति अतुलनीय हुने भएकाले द्वन्द्वलाई शान्तिमा बदल्न तीव्र इच्छा र समर्पणको आवश्यकता पर्दछ।’

नेपाल आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको बताउँदै उपाध्यक्ष घिमिरेले द्वन्द्वलाई परास्त गर्दै नेपाल शान्ति र समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गरिन्। उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थान मात्र नभएर बुद्ध धर्म र बुद्ध दर्शनको उद्गमस्थल भएकाले लुम्बिनी, रामग्राम र तिलौराकोटलाई विश्व शान्ति शहरका रूपमा विकास गर्नुपर्ने आजको आवश्यकता भएकोमा जोड दिए। यस क्षेत्रमा आवश्यक पूर्वाधार विकास गरी विश्वभरका बौद्धमार्गी तथा पर्यटकलाई आकर्षित गर्न सरकारको ध्यान जान जरुरी रहेको उनले बताईन्।

उपाध्यक्ष घिमिरेले तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको र उनका पिता राजा शुद्धोधनको राजप्रासाद रहेको स्थान भए पनि अझै ओझेलमा परेको तर्फ ध्यानाकर्षण गराईन् ।

उक्त महोत्सव वैशाख १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा उद्घाटन गरेका थिए। सम्मेलनमा ४० भन्दा बढी देशका बौद्धमार्गीहरूको सहभागिता रहेको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register