रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत प्रहरीको नियन्त्रणमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ । अहिले विष्टसँग बयान लिइरहेको एक […]

Apr 30, 2025 - 11:28
 0
रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत प्रहरीको नियन्त्रणमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ । अहिले विष्टसँग बयान लिइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले बुधबार प्रकाउ गरेको थियो । चौधरीलाई अहिले डिल्लीबजार कारागार राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register