किट कलेजमा पुनः नेपाली छात्रा मृत फेला
झापा, १९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। वीरगन्ज पर्साकी प्रिसा साह मृत फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति [...] The post किट कलेजमा पुनः नेपाली छात्रा मृत फेला appeared first on Jhapa Online.

झापा, १९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्।
वीरगन्ज पर्साकी प्रिसा साह मृत फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।
प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरै पटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।
The post किट कलेजमा पुनः नेपाली छात्रा मृत फेला appeared first on Jhapa Online.
What's Your Reaction?






