खुल्यो सामुदायिक विद्यालय (तस्वीरहरू)

काठमाडौं । नेपाल शिक्षक महास‍ङ्घको आव्हानमा भएको २९ दिने लामो शिक्षक आन्दोलनको कारण बन्द रहेको सामुदायिक विद्यालयहरु आज (शुक्रबार)देखि खुलेका छन् । प्रायः विद्यालयमा आज पहिलो दिन भएकाले उपस्थित विद्यार्थीको सङ्ख्या भने कम रहेको छ । विद्यालयहरुले आज भर्ना अभियानका साथै कक्षासमेत सञ्चालन गरेका छन् । गत चैत्र २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखी सडक […]

May 2, 2025 - 06:28
 0
खुल्यो सामुदायिक विद्यालय (तस्वीरहरू)

काठमाडौं । नेपाल शिक्षक महास‍ङ्घको आव्हानमा भएको २९ दिने लामो शिक्षक आन्दोलनको कारण बन्द रहेको सामुदायिक विद्यालयहरु आज (शुक्रबार)देखि खुलेका छन् ।

प्रायः विद्यालयमा आज पहिलो दिन भएकाले उपस्थित विद्यार्थीको सङ्ख्या भने कम रहेको छ । विद्यालयहरुले आज भर्ना अभियानका साथै कक्षासमेत सञ्चालन गरेका छन् ।

गत चैत्र २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखी सडक आन्दोलनमा उत्रिएसँगै सामुदायिक बिद्यालयका भर्ना लगायतका सबै कार्य स्थगित भएको थियो । आन्दोलनरत शिक्षक सङ्गठन र सरकारबीच वैशाख १७ गते ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

तर, नेपाल शिक्षक महासङ्घले सरकारसँग गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले भने असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ ।

वैशाख १८ गते नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै सरकारसँगको सहमतिमा आफूहरुको माग सम्बोधन नभएकोले उक्त सहमति र आन्दोलन फिर्तालाई अस्वीकार गरेको छ ।

हेरौं, तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register