भारतीय दूतावासले भन्यो – प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको छ

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ । साहको परिवारप्रति दुःख व्यक्त गर्दै दूतावासले घटनाको जानकारी पाउनेबित्तिकै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । साथै, ओडिशा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र घटनाको विस्तृत अनुसन्धान […]

May 2, 2025 - 08:55
 0
भारतीय दूतावासले भन्यो – प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको छ

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ ।

साहको परिवारप्रति दुःख व्यक्त गर्दै दूतावासले घटनाको जानकारी पाउनेबित्तिकै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

साथै, ओडिशा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र घटनाको विस्तृत अनुसन्धान ओडिशा प्रहरीले गरिरहेको दूतावासको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ । नेपाल सरकार, ओडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ ।”

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register