सुमनालाई केआईआईटीका रजिष्ट्रारको जवाफ – अनुसन्धानमा सहयोग गरिरहेका छौं

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका रजिष्ट्रार डा. जे.आर. मोहन्तीले नेपाली छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन् ।  रास्वपा नेतृ सुमना श्रेष्ठलाई सामाजिक सञ्जाल एक्समार्फत जवाफ दिँदै मोहन्तीले यस्तो बताएका हुन् ।  सुमनाले केआईआईटीजस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि सुरक्षित छन् ? भन्दै प्रश्न उठाएकी थिइन् । उनले […]

May 2, 2025 - 10:28
 0
सुमनालाई केआईआईटीका रजिष्ट्रारको जवाफ – अनुसन्धानमा सहयोग गरिरहेका छौं

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका रजिष्ट्रार डा. जे.आर. मोहन्तीले नेपाली छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन् । 

रास्वपा नेतृ सुमना श्रेष्ठलाई सामाजिक सञ्जाल एक्समार्फत जवाफ दिँदै मोहन्तीले यस्तो बताएका हुन् । 

सुमनाले केआईआईटीजस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि सुरक्षित छन् ? भन्दै प्रश्न उठाएकी थिइन् ।

उनले लेखेकी थिइन्, “अभिभावकज्यू, छोराछोरीलाई नेपालमा पढाउन चाहनुहुन्छ भने नेपाली विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर (त्यहाँको पढेको साल यता पनि गणना हुने) सुविधा पनि उपलब्ध छ र यहाँ आवश्यक पर्ने कुनै पनि सहजीकरण गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न हामी छौँ नै । विद्यार्थीको पढाई प्राथमिकता हो तर त्यो भन्दा पहिले सुरक्षा महत्त्वपूर्ण छ ।”

त्यसको जवाफमा मोहन्तीले भनेका छन्, “…यो मामिला हाल प्रहरी अनुसन्धानमा छ । वरिष्ठ प्रहरी अधिकारीहरूले वैज्ञानिक टोलीसँगै तुरुन्तै प्रारम्भिक अनुसन्धान गरे र प्रक्रियाहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । केआईआईटीले अधिकारीहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ ।”

वीरगञ्ज घर भएकी साह बिहीबार मृत फेला परेकी थिइन् । 

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register