आईपीएल : चेन्नइ सुपर किंग्सको विजय सुरुवात

झापा, ११ चैत । रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ [...] The post आईपीएल : चेन्नइ सुपर किंग्सको विजय सुरुवात appeared first on Jhapa Online.

Mar 24, 2025 - 02:35
 0
आईपीएल : चेन्नइ सुपर किंग्सको विजय सुरुवात

झापा, ११ चैत । रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।

आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक महत्वपुर्ण रह्यो। ओपनर रचिन ६५ रनमा अविजित रहे। रचिनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रितिराजले २६ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५३ रन बनाउँदा क्याच आउट भए।

रविन्द्र जडेजा १७ रन बनाउँदा रन आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। मुम्बईका भिगनेसले ३ विकेट लिए। दिपक चाहार र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो।

त्यसअघि चेन्नइको एमए चिदम्बरम स्टेडिययमा चेन्नइले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।

मुम्बइका लागि तिकल बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सुर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए।

मुम्बइलाई कम स्कोरमा रोक्न चेन्नइका नुर अहमदले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १८ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे। नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।

The post आईपीएल : चेन्नइ सुपर किंग्सको विजय सुरुवात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register