घिमिरे युवराजको नाटक ‘लस्ट एण्ड फाउण्ड’ विमोचित

काठमाडौं । लेखक घिमिरे युवराजद्वारा लिखित तेस्रो नाटक ‘लस्ट एण्ड फाउण्ड’ शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । साङग्रीला बुक्स र साङ्गीतिक मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको समारोहमा साहित्यकार उमा सुवेदी, उषा शेरचन, अभिनेता अनुप बराल र लेखक कुमार नगरकोटीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । यसअघि घिमिरेको ‘आँधीको मनोरम नृत्य’ र ‘विमोक्ष’ शीर्षकका […]

May 3, 2025 - 12:22
 0
घिमिरे युवराजको नाटक ‘लस्ट एण्ड फाउण्ड’ विमोचित

काठमाडौं । लेखक घिमिरे युवराजद्वारा लिखित तेस्रो नाटक ‘लस्ट एण्ड फाउण्ड’ शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

साङग्रीला बुक्स र साङ्गीतिक मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको समारोहमा साहित्यकार उमा सुवेदी, उषा शेरचन, अभिनेता अनुप बराल र लेखक कुमार नगरकोटीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

यसअघि घिमिरेको ‘आँधीको मनोरम नृत्य’ र ‘विमोक्ष’ शीर्षकका नाटकहरू प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा लेखक तथा निर्देशक घिमिरे युवराज र अभिनेता दिव्यदेवबीच नाटकको विषयवस्तु, रङ्गमञ्च र चलचित्र अनि सिर्जनात्मक प्रक्रियासम्बन्धी रोचक संवाद पनि भएको थियो ।

लेखक घिमिरेकाअनुसार “मान्छेहरूले हराएका सपना, सम्बन्ध र अस्तित्व फेला पार्ने यात्रा” नै लस्ट एण्ड फाउण्डको मूल विषय हो ।

उक्त नाटक आउँदो जेठ २ गतेदेखि शिल्पी थिएटरमा मञ्चन हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register