फास्ट ट्र्याकबारे प्रतिनिधिसभामा तोसिमा कार्कीको ध्यानाकर्षणपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभामा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई फास्ट ट्र्याकको निर्णयाबारे प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छिन् । उनले नेपाली सेनाले बनाइरहेको यो फास्ट ट्रयाकको काम तोकिएको समयसीमा भित्र सकिने वा नसकिने त्यसबारे संसदमा जानकारी दिनुपर्ने माग गरेकी छिन् । उनले सो फास्ट ट्र्याकको प्रस्थान बिन्दु (जिरो प्वाइन्ट) बारे रहेको विवादमा […]

May 4, 2025 - 03:46
 0
फास्ट ट्र्याकबारे प्रतिनिधिसभामा तोसिमा कार्कीको ध्यानाकर्षणपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभामा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई फास्ट ट्र्याकको निर्णयाबारे प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छिन् ।

उनले नेपाली सेनाले बनाइरहेको यो फास्ट ट्रयाकको काम तोकिएको समयसीमा भित्र सकिने वा नसकिने त्यसबारे संसदमा जानकारी दिनुपर्ने माग गरेकी छिन् ।

उनले सो फास्ट ट्र्याकको प्रस्थान बिन्दु (जिरो प्वाइन्ट) बारे रहेको विवादमा कसरी के निर्णय भयो भन्ने विषयमा पनि जानकारी दिन माग गरेकी छिन् । हाल यो राजमार्गको जिरो प्वाइन्ट खोकनालाई मानिएको छ, र यहाँको स्थानीयले यसको विरोध गरिरहेका छन् । त्यसैले जिरो प्वाइन्टको विकल्पबारे छलफल तथा सहमति भए पनि त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी दिन सांसद कार्कीले ध्यानाकर्षण गराएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register