वैशाख २७ गते नेवाः ज्ञान सम्मेलन हुँदै

 काठमाडौं। नेपाल भाषा अकाडेमीले यही वैशाख २७ गते शनिवार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन  गर्ने भएको छ । अकाडेमी भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिए।  चान्सलर मल्लका […]

May 4, 2025 - 10:30
 0
वैशाख २७ गते नेवाः ज्ञान सम्मेलन हुँदै

 काठमाडौं।

नेपाल भाषा अकाडेमीले यही वैशाख २७ गते शनिवार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन  गर्ने भएको छ ।

अकाडेमी भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिए। 

चान्सलर मल्लका अनुसार सो सम्मेलनमा नेवाः काष्ठकला र शिल्पको विषयमा वास्तुकलाविद् सृजना प्रजापति, नेवाः खेती प्रणालीका बारेमा विज्ञ बुद्धिबहादुर डंगोल र नेवाः बस्ती र शहरी योजनाबारे इन्जिनियर पद्यमसुन्दर जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन । त्यस्तै  चान्सलर मल्ल स्वयंले नेवाः सभ्यता र ज्ञान विषयक मुख्य अवधारणागत पत्र प्रस्तुत गर्ने छन्   ।

नेवाः समुदाय भित्र नभई ज्ञान र प्रविधिको भण्डार रहेको तथ्य स्थापित गर्ने लक्ष्यले सम्मेलन गर्न लागिएको चान्सलर मल्लको भनाई रहेको छ । नेवाः समुदाय भाषिक,सांस्कृतिकसंगै विद्यमान ज्ञान र प्रविधिको हिसाबले एउटा सभ्यता हो । ‘ यसलाई प्रमाणित गर्न बाँकी छ । यही दिशामाको प्रस्थान बिन्दुको रुपमा यस बारे सम्मेलन गर्न लागिएको हो।’ उनले भने।

नेवाः समुदायमा प्रचलित धातुकला, हात र खुट्टा दुखेमा परम्परागत रुपमा मसाज गर्ने प्रविधि लगायत विषयमा क्रमशः सम्मेलन गर्दै जाने पनि अकाडेमीको योजना रहेको छ ।

सम्मेलनमा प्राध्यापकत्रय संगीता सिंह, विमप्रसाद श्रेष्ठ र अञ्जना सिंहले सहजकर्ताको भूमिका निर्वाह गर्ने छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने बताइएको छ ।

नेवाः समुदाय विशेषतः भाषा लिपि कला, साहित्य, संस्कृति र सम्पदालाई केन्द्रविन्दु बनाएर मात्र कार्यक्रम गर्दे आएकोमा यस पटक प्रविधिलाई लिएर हुन लागिएको यो सम्मेलनलाई नौलो रुपमा हेरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register