उपत्यका र पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै

काठमाडौं । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा आज (बिहीबार) फागु (होली) पर्व मनाइँदै छ । रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने […]

Mar 13, 2025 - 00:40
 0
उपत्यका र पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै

काठमाडौं । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा आज (बिहीबार) फागु (होली) पर्व मनाइँदै छ ।

रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा यही फागुन २३ गते तीनखण्डे चीर ठड्याएसँगै यस वर्षको होली विधिवत सुरु भएको थियो ।

हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ ।

तराई-मधेसका जिल्लामा भने शुक्रबार होली मनाइँदै छ ।

सम्बन्धित समाचार :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register