टीआरसी टुङ्गयाउनेबारे ओली-प्रचण्डबीच सकरात्मक छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू टुङ्गयाउने  विषयमा छलफल भएको छ। सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई सकारात्मक रूपमा अगाडि बढाएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।  छलफलमा प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल पनि […]

May 4, 2025 - 15:31
 0
 टीआरसी टुङ्गयाउनेबारे ओली-प्रचण्डबीच सकरात्मक छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू टुङ्गयाउने  विषयमा छलफल भएको छ।

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई सकारात्मक रूपमा अगाडि बढाएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।  छलफलमा प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल पनि उपस्थित थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले भने, “यो प्रक्रियालाई सकारात्मक रूपले अघि बढेको पायौं। खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो।”

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीहरूको सर्टलिस्ट सार्वजनिक भएपछि सरोकारवालाहरूले उठाएका विषयमा पनि ओली र प्रचण्डबीच छलफल भएको जानकारी दिए।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register