एसईई उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य शनिबारदेखि सुरु भएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ। परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार देशभर ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको छ। यसअघि तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा […]

May 4, 2025 - 14:04
 0
एसईई उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य शनिबारदेखि सुरु भएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार देशभर ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको छ।

यसअघि तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको हो। २० चैतदेखि २९ दिनसम्म शिक्षकहरू आन्दोलित भएका कारण परीक्षण कार्य प्रभावित बनेको थियो।

गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register