इगो पूरा गर्न कुलमानलाई हटाइयो, समर्थन गर्ने आफ्नै मन्त्रीलाई निष्काशित गरियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इगो पूरा गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले घिसिङलाई समर्थन गर्ने आफ्नै मन्त्रीलाई समेत सरकारले हटाएको बताए । प्रचण्डले भने, “सरकार गठन भएदेखि नै तपाईंहरुको सम्पूर्ण ध्यान विचौलियाहरुको सेवामा रह्यो […]

May 5, 2025 - 09:16
 0
इगो पूरा गर्न कुलमानलाई हटाइयो, समर्थन गर्ने आफ्नै मन्त्रीलाई निष्काशित गरियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इगो पूरा गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले घिसिङलाई समर्थन गर्ने आफ्नै मन्त्रीलाई समेत सरकारले हटाएको बताए ।

प्रचण्डले भने, “सरकार गठन भएदेखि नै तपाईंहरुको सम्पूर्ण ध्यान विचौलियाहरुको सेवामा रह्यो । कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंहरुले दर्जन बढी निर्णय गर्नुभयो । महिनौंसम्म लाग्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई निष्काशित गर्नुभयो ।”

सरकारले  बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरुलाई खुशी पारेको तर, ५ लाख भूमिहीन, सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिन नसकेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register