नेपालले एक खेल पनि जित्न सकेन, उपाधि थाइल्याण्डलाई

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको अन्तिम खेल पनि नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो । सम्पूर्ण ६ खेलमा पराजित भएको नेपाल सिरिजमा अङ्कविहीन रह्यो । अन्तिम खेलमा पनि जित हासिल गर्दै थाइल्याण्डले भने सिरिजको उपाधि जितेको छ । ६ मध्ये […]

Feb 7, 2025 - 09:21
 0
नेपालले एक खेल पनि जित्न सकेन, उपाधि थाइल्याण्डलाई

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको अन्तिम खेल पनि नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।

सम्पूर्ण ६ खेलमा पराजित भएको नेपाल सिरिजमा अङ्कविहीन रह्यो । अन्तिम खेलमा पनि जित हासिल गर्दै थाइल्याण्डले भने सिरिजको उपाधि जितेको छ ।

६ मध्ये ५ खेलमा जित हासिल गरेको थाइल्याण्ड १० अङ्कसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो । ६ खेलमा ८ अङ्क जोडेको नेदरल्याण्ड्स भने सिरिजको उपविजेता बन्यो ।

आजको खेलमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि नरुएमोल चाईवाईले अविजित २७ रन बनाइन् ।

नन्नापत कोनचारोएनकाईले २३ र नत्ताया बूचाथामले ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले १७ रन बनाइन् । राजमती ऐरी ११ रनमा अविजित रहिन् । कविता जोशीले १४ र कप्तान बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिच्चा चोम्फुले ३ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register