रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले वैशाख २५ मा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित प्रतिपक्षी अन्य दलका सांसदले पनि रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले गिरफ्तारीबारे […]

May 6, 2025 - 07:34
 0
रेशम चौधरीको गिरफ्तारीबारे गृहमन्त्रीले वैशाख २५ मा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित प्रतिपक्षी अन्य दलका सांसदले पनि रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले गिरफ्तारीबारे सत्यतथ्य छानबिन सहित स्पस्ट जवाफ संसदमा दिनुपर्ने माग गरेकी थिइन् ।

यस्तै, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठकमा उठेर विरोध जनाउँदै सरकारलाई रूलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि, सभामुख देवराज घिमिरेले सदनमा जवाफ दिन सरकारलाई रूलिङ गरे ।

जनमत पार्टी र नाउपाका सांसदले मिति तोक्न माग गर्दै उठेर विरोधलाई निरन्तरता दिए । सभामुख घिमिरेले गृह मन्त्री लेखकले वैशाख २५ गते जवाफ दिने जानकारी गराएको व्यहोरा सुनाएपछि जनमत र नाउपाका सांसदहरूले अवरोध स्थगित गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register