पाँच वर्षमा पाँचौ पल्ट अपरेशन गरेकी राजवंशीको उपचार खर्चको अभाव, सहयोगको याचना

शिवसताक्षी, २३ बैशाख । झापाको शिवसताक्षी न.पा. १ स्थित शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशीको उपचार खर्च अभावमा छटपटाइ रहेकी छिन् । विगत पाँच वर्ष यता पेटको ५ औं पल्टको अपरेशन गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा समस्यामा परेकी छिन् । पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना भएकी थिइन । [...] The post पाँच वर्षमा पाँचौ पल्ट अपरेशन गरेकी राजवंशीको उपचार खर्चको अभाव, सहयोगको याचना appeared first on Jhapa Online.

May 6, 2025 - 10:48
 0
पाँच वर्षमा पाँचौ पल्ट अपरेशन गरेकी राजवंशीको उपचार खर्चको अभाव, सहयोगको याचना

शिवसताक्षी, २३ बैशाख । झापाको शिवसताक्षी न.पा. १ स्थित शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशीको उपचार खर्च अभावमा छटपटाइ रहेकी छिन् । विगत पाँच वर्ष यता पेटको ५ औं पल्टको अपरेशन गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा समस्यामा परेकी छिन् ।

पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना भएकी थिइन । विर्तासिटी अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो । त्यस पछि हर्निया र आन्द्रामा समस्या आई त्यसको पनि अपरेशन गरियो । विचमा अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरल पुनः अपरेशन गरिदिएका थिए । गएको वर्ष पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान् विनोदले बताए ।

यस वर्ष पनि एपेन्डिक्सको अपरेसन गरिएको छ । उनले भने यो परेशन पाँचौ पल्ट गरिएको हो । हाल इन्फेक्सन हुने डरले डाक्टरले जाली राखिदिएका छैनन् भने, घाउ पुरा सिलाइएको पनि छैन । दिनहुँ डे«सिक गर्दै आएको श्रीमानले बताए । उनका अनुसार अपरेशन गरिएको घाउ थाकेपछि जालि राख्नको लागि फेरी अपरेशन गर्नु पर्ने डाक्टरले सुझाएका छन् ।

उपचारका लागि १८ लाख खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको श्रीमान्को भनाई छ । अब थप उपचार गर्न रकम नभएपछि सहयोगको अपेक्षा गरिएको सुसिलाकी सासु नयन राजवंशीले बताइन् ।
सानो टाटीले बारेको घर, भएको सम्पत्ती पनि उपचारमा मै सकियो । अब ऋण लिने ठाउँपनि छैन । सासु नयन राजवंशीले विलौना गर्दै भनिन् । विरामी सुसिलाले रुँदै आफुलाई बचाई दिन आग्रह गरेकी छिन् ।

हाल सुशिलालाई विराटनर स्थित विराट टिचिङ अस्पतालमा उपचार गरिदै आइएको छ । विराटनगरमा आफन्तको घरमा बसेर दिनहुँ ड्रेसिङ्ग गर्नु पर्ने र उनका श्रीमानले बाहिर गएर कमाउन नपाउने भएर राजवंशी परिवार झन आर्थिक संकटमा पुगेको स्थानीय समाजसेवी दुर्गा नेम्वाङ्गले बताए । राजवंशी परिवारको अवस्था धेरै जानुक भयो । परिवारको एउटा सदस्य लामो समय विरामी हुँदा भएको सम्पत्ती पनि सकियो । समाजसेवी नेम्वाङ्गले भने, उहाँलाई सबैले सहयोग गरेर उहाँका सन्तानहरुलाई टुहुरा हुनबाट बचाउन हामी सबैमा आग्रह गर्दछु । सुशिलाको एक छोरा एक छोरी छन् ।

The post पाँच वर्षमा पाँचौ पल्ट अपरेशन गरेकी राजवंशीको उपचार खर्चको अभाव, सहयोगको याचना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register