मन, मस्तिस्क र संगीत

तपाईँ संगीतको पक्कै पारखी हो नी ? किनभने एउटा स्वस्थ व्यक्तिले संगीत मन नपराउने भन्ने प्रश्नै हुँदैन । यद्धपी कुन प्रकारको संगीत बढी मन पर्छ भन्ने कुरा भने आ– आफ्नो रुचीको विषय हुने भो । हामीले यसपटक संगीत र यसको स्वास्थ्यलाई पार्ने सकारात्मक प्रभावबारे कुरा गर्दैछौ । भर्खरै भएको एक अनुसन्धानले संगीत मनको लागि मात्रै [...] The post मन, मस्तिस्क र संगीत appeared first on Jhapa Online.

May 6, 2025 - 10:00
 0
मन, मस्तिस्क र संगीत


तपाईँ संगीतको पक्कै पारखी हो नी ? किनभने एउटा स्वस्थ व्यक्तिले संगीत मन नपराउने भन्ने प्रश्नै हुँदैन । यद्धपी कुन प्रकारको संगीत बढी मन पर्छ भन्ने कुरा भने आ– आफ्नो रुचीको विषय हुने भो ।

हामीले यसपटक संगीत र यसको स्वास्थ्यलाई पार्ने सकारात्मक प्रभावबारे कुरा गर्दैछौ । भर्खरै भएको एक अनुसन्धानले संगीत मनको लागि मात्रै नभई मस्तिस्क र शरीरको लागि पनि उत्तिकै महत्वपूर्ण हुने देखाएको छ ।

अनुसन्धानमा यदि सर्जरी गरेको व्यक्तिलाई संगीत सुनाई दिए उ नियमित समय भन्दा धेरै छिटो निको हुने समेत दावी गरिएको छ । त्यसमा भनिएको छ सर्जरी गरेका विरामीमध्ये जो धेरै गीत संगीत सुन्छ उनीहरुको दुखाई तनाव कम हुनुको साथै उनीहरुको रक्तचाप र मुटुको धड्कन समेत गीत नसुन्ने व्यक्तिको तुलनामा धेरैनै राम्रो अवस्थामा हुन्छ । अझ विरामीले आफ्नै रोजाइका वा आफूलाई निकै मनपर्ने गीत संगीत सुन्न पायो भने त्यसमा झनै छिटो स्वास्थ्यमा सुधार देखा पर्छ ।

स्वीजरल्याण्डको युनिभर्सिटी अफ जुरिचका सर्जरीका डाक्टर डायना भेडरको टोलीले संगीत मन र मस्तिस्कको बारेमा उपचारमा आएका विरामी माथी गहिरो अनुसन्धान गरको थियो । डा भेटर र उनका सहयोगीले २६ जना व्यक्तिमा सर्जरी भन्दा पहिले , २६ वटा अध्ययन सर्जरी हुँदा हुँदै र २५ वटा अध्ययन सर्जरी पछिको समयमा गरेका थिए ।

जसको निस्र्कष भने यस्तो थियो – सर्जरी गरेको व्यक्तिलाई संगीत सुनाए दुखाईको समस्या ३१ प्रतिशत कम , औषधि लिनुपर्ने समस्या २९ प्रतिशत कम र मानसिक तनावमा ३४ प्रतिशतले कमी भएको पाइयो ।

त्यस्तै संगीतले गर्दा विरामीमा रक्तचापको समस्या ४० प्रतिशतले कम, मुटुको धड्कनको तिव्रतामा २७ प्रतिशतले कमी भएको पाइयो ।अझ आफैले रोजेको संगीत सुन्दा विरामीको मानसिक तनाव ४७ प्रतिशतले घटेको पाइयो जुन तथ्यांक अरुले रोजेर बजाएको संगतीको भन्दा ६ प्रतिशतले कमी पनि हो ।

डा भेटर भन्छन्, ‘आजकल धेरै मानिसहरुसंग मोबाइल फोन हुन्छ । सर्जरी भन्दा पहिले नै बिरामीहरुलाई संगीतले उनीहरुको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाबको बारेमा बुझाउन सकियो भने, उनीहरुको सर्जरीको घाउ पनि छिटो निको हुन्छ र उनिहरु चाडै ठिक हुनेछन् ।’

अर्का अनुसन्धानकर्ता भान डर हेइजदेन भन्छन्, ‘अहिले सम्म संगीत लाई उपचारमा पूर्ण रुपमा समावेश गर्न सकिएको छैन, किन भने यसको लागि निकै अध्ययन र सकारात्मक नतिजाको जरुरी हुन्छ । अहिलेसम्म संगीत र स्वास्थ्य अवस्थाको बारेमा धेरै अध्ययन भएका छैन । यो अध्ययनले राम्रो नतिजा निकालेको छ । यसका आधारमा रहेर संगीतलाई उपचार पद्धतीमा समाबेस गर्न सकियो भने बिरामीको स्वस्थ स्थितिमा चाडोनै सुधार आउने कुरामा दुई मत छैन ।’एजेन्सी

The post मन, मस्तिस्क र संगीत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register