नुन पानीमा भिजाएर यसरी सफा गर्न सकिन्छ तरकारी
काठमाडौं । तरकारीलाई काट्नु अघि धुने गरिन्छ । यदि तरकारी राम्रोसँग सफा नगरी पकाइयो भने त्यसमा टाँसिएका ब्याक्टेरिया र फोहोरले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस्तो अवस्थामा तरकारीमा टाँसिएको फोहोर हटाउनु आवश्यक हुन्छ । यही कामका लागि तरकारीहरूलाई नुनको पानीमा हालिन्छ । यो पुरानो समयदेखि चल्दै आएको तरिका हो, जसबाट तरकारीहरूलाई सफा गरिन्छ । आजकल […]

काठमाडौं । तरकारीलाई काट्नु अघि धुने गरिन्छ । यदि तरकारी राम्रोसँग सफा नगरी पकाइयो भने त्यसमा टाँसिएका ब्याक्टेरिया र फोहोरले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस्तो अवस्थामा तरकारीमा टाँसिएको फोहोर हटाउनु आवश्यक हुन्छ । यही कामका लागि तरकारीहरूलाई नुनको पानीमा हालिन्छ । यो पुरानो समयदेखि चल्दै आएको तरिका हो, जसबाट तरकारीहरूलाई सफा गरिन्छ ।
आजकल तरकारीमा विभिन्न प्रकारका कीटनाशक र रसायनहरू छरिन्छ, जसका कारण तरकारी स्वास्थ्यका लागि फाइदाभन्दा बढी हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तरकारीलाई नुनको पानीले धुने वा नुनको पानीमा तरकारी भिजाएर राख्दा हुने फाइदाहरू र यो विधि कसरी प्रयोग गरिन्छ भन्ने जानौँ ।
नुनको पानीमा तरकारी भिजाएर राख्नका लागि एउटा ठूलो भाँडो जस्तै परात लिनुहोस् । यसमा पानी भर्नुहोस् र त्यसमा एकदेखि डेढ चम्चा नुन र अलिकति बेसार मिसाउनुहोस् । यो पानीमा तरकारीलाई १५ देखि २० मिनेटसम्म भिजाएर राख्नुहोस् । यसो गर्दा तरकारीमा टाँसिएका ब्याक्टेरिया, कीटनाशक र अन्य फोहोर हट्छ ।
तरकारी नुनको पानीमा राम्रोसँग भिजिसकेपछि नुनको पानी फालेर भाँडोमा सफा पानी भर्नुहोस् र तरकारीलाई राम्रोसँग धोएर सफा गर्नुहोस् । तरकारी काट्दा तरकारीको बोक्रा ताछेर निकाल्नुहोस् । यसो गर्दा स्वास्थ्यमा नुनको पानीका साइड इफेक्ट हुँदैन ।
ध्यान दिनुपर्ने कुरा
- यदि तपाईं तरकारी वा फलहरूको बोक्रा निकालेर फाले पनि त्यसलाई पुनः एकपटक धुनु आवश्यक हुन्छ ।
- तरकारी धुँदा तिनीहरूलाई धारामा बग्दै गरेको पानीमुनि राखेर धुनुहोस् । यसले तरकारी राम्रोसँग सफा हुन्छ ।
- नुनको पानीको प्रभाव बढाउनका लागि त्यसमा बेकिङ सोडा पनि थप्न सकिन्छ ।
- तरकारी सफा गर्नका लागि ह्वाइट भिनेगरलाई पानीमा मिसाउनुहोस् र यस पानीमा ५ देखि १० मिनेटसम्म तरकारीलाई भिजाएर राख्न सकिन्छ । यसले पनि तरकारीहरू राम्रोसँग सफा हुन्छन् र कीटनाशक हट्छ ।
What's Your Reaction?






