बजाज नेपालको ‘ह्वील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ह्वील्स अफ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्वीरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो । यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, […]

May 8, 2025 - 07:00
 0
बजाज नेपालको ‘ह्वील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ह्वील्स अफ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्वीरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो । यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भअनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ ।

प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्वीरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्यांकनअनुरुप १२ जना विजेता छनोट गरिएको छ । सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्वीरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ ।

कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले यो फोटो प्रतियोगिता ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास भएको बताए । उनले भने, ‘प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं । यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको ।’

बजाज मोटरसाइकलहरू स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड बनिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register