भारत-पाकिस्तान तनाव रोक्नका लागि मध्यस्थता गर्न ट्रम्प तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तनाव रोक्नका लागि मध्यस्थता भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । बुधबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानको भनाइ छ । घटनाले आणविक हतियार भएका दुई […]

May 8, 2025 - 09:57
 0
भारत-पाकिस्तान तनाव रोक्नका लागि मध्यस्थता गर्न ट्रम्प तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तनाव रोक्नका लागि मध्यस्थता भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

बुधबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानको भनाइ छ ।

घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच युद्ध हुने खतरा बढाएको छ । यसबीच ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेको सीएनबीसीले जनाएको छ ।

आक्रमण भयानक भएको उल्लेख गर्दै ट्रम्पले भने, “म दुवैलाई राम्ररी चिन्छु र उनीहरू रोकिएको हेर्न चाहन्छु । आशा छ कि उनीहरू अब रोकिनेछन् ।”

‌ओभलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे, “अमेरिकाको दुवै देशसँग राम्रो सम्बन्ध छ र टाइट फर ट्याट बन्द भएको हेर्न चाहन्छ । यदि म मद्दत गर्न केही गर्न सक्छु भने म त्यहाँ हुनेछु ।”

भारतले अप्रिल २२ मा हिमाली क्षेत्र कश्मीरको भारत नियन्त्रित खण्डमा २६ जना सर्वसाधारणको हत्याकाण्डको लागि पाकिस्तानलाई दोष लगाएको छ । तर, पाकिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

भारत र पाकिस्तान दुवैले सम्पूर्ण कश्मीर आफ्नो देशको हिस्सा भएको दाबी गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register