ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा, २६ वैशाख । झापा र मोरङको विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वैशाख २४ गते मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र धरान–८ का ४६ वर्षीय राज [...] The post ब्राउन सुगरसहित ४ जना पक्राउ appeared first on Jhapa Online.

May 9, 2025 - 09:14
 0
ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा, २६ वैशाख । झापा र मोरङको विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

वैशाख २४ गते मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र धरान–८ का ४६ वर्षीय राज तामाङ र ३५ वर्षीय प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

The post ब्राउन सुगरसहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register