भारतको दाबी : पाकिस्तानले तीन–चार सय ड्रोन घुसपैठ गर्‍यो, धेरै खसालियो

काठमाडौं । पाकिस्तानले बिहीबार राति तीन–चार सय ड्रोन आक्रमण गरेको र तीमध्ये धेरै आफ्नो तर्फबाट खसालिएको भारतीय पक्षले जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर रणधीर जयसवालले आतङ्कवादविरुद्धको अपरेसन सिन्धुरबारे विशेष ब्रिफिङ गर्दै यसको जानकारी दिएका हुन् । भारतीय सशस्त्र बलहरूले काइनेटिक र नन– काइनेटिक साधनको प्रयोग गरेर धेरै ड्रोन खसालेको उनले जारी गरेको […]

May 10, 2025 - 05:22
 0
भारतको दाबी : पाकिस्तानले तीन–चार सय ड्रोन घुसपैठ गर्‍यो, धेरै खसालियो

काठमाडौं । पाकिस्तानले बिहीबार राति तीन–चार सय ड्रोन आक्रमण गरेको र तीमध्ये धेरै आफ्नो तर्फबाट खसालिएको भारतीय पक्षले जनाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर रणधीर जयसवालले आतङ्कवादविरुद्धको अपरेसन सिन्धुरबारे विशेष ब्रिफिङ गर्दै यसको जानकारी दिएका हुन् ।

भारतीय सशस्त्र बलहरूले काइनेटिक र नन– काइनेटिक साधनको प्रयोग गरेर धेरै ड्रोन खसालेको उनले जारी गरेको वक्तव्यमा दाबी गरिएको छ ।

‘अन्तर्राष्ट्रिय सीमा र नियन्त्रण रेखामा लेहदेखि सर क्रिकसम्म ३६ स्थानमा लगभग ३०० देखि ४०० ड्रोनको प्रयोग घुसपैठको प्रयास गर्नका लागि गरिएको थियो,’ वक्तव्यमा भनिएको छ, ‘भारतीय सशस्त्र बलहरूले काइनेटिक र नन–काइनेटिक साधनको प्रयोग गरेर धेरै ड्रोन खसालेका थिए । यी ठूला स्तरका हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणालीहरुको परीक्षण गर्नु र खुफिया जानकारी सङ्कलन गर्नु थियो ।’

ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको पनि प्रवक्ता जयवालले जानकारी दिएका छन् ।

‘प्रारम्भिक रिपोर्टहरूले ती टर्किएको असीसगार्ड सागर ड्रोन भएको देखाएको छ । पछि राति पाकिस्तानको एक सशस्त्र यूएभीले बठिंडा सैन्य स्टेसनलाई निशाना बनाउने प्रयास गर्यो । जुन पत्ता लगाइयो र निष्क्रिय पारियो,’ वक्तव्यमा उल्लेख छ छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन् ।

‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो,’ कर्नेल सोफियाले भनिन् ।

यद्यपि, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण गरेको भारतीय दाबी अस्वीकार गरेका छन् ।

यस्तो वक्तव्यको पूर्णपाठ :

 

 

 

 

जम्मू–कश्मीरमा पाकिस्तानबाट गोलाबारी : एक सरकारी अधिकारीको मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register