मंगलबार ११.६८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ११.६८ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Feb 18, 2025 - 10:12
 0
मंगलबार ११.६८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ११.६८ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९ सय १० रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज विन नेपाल लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register