कसरी अगाडि बढेको छ वर्षामा पनि बीपी राजमार्ग सुचारु गर्ने योजना ?

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्ग पर्ने रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सडक निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ । रोशी खोलाले बगाएको बीपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम […]

May 14, 2025 - 06:41
 0
कसरी अगाडि बढेको छ वर्षामा पनि बीपी राजमार्ग सुचारु गर्ने योजना  ?

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्ग पर्ने रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सडक निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ ।

रोशी खोलाले बगाएको बीपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाकारी दिए ।

असोजमा आएको बाढीले बिगारेको सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएकोमा आइतबार रातिको वर्षापछि आएको बाढीले सोमबार आधा दिनसम्म सडक अवरुद्ध भएको थियो । काभ्रेको रोशी गाउँपालिकाको माम्तिमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो ।

आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको योगेशको भनाइ छ । एक हप्ताभित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यसपछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने उनले बताए ।

‘दसैंमा यातायात सञ्चालन गराउनका लागि खोलाको बगरमा नै डाइभर्सन बनाएका थियौँ, अब यसलाई पहिलाको रोडको उचाइमा उठाएर वर्षामा पनि यातायात साधन चल्ने बनाउँछौँ’, उनले भने ।

स्थायी रूपमा सडक निर्माणका लागि पनि टेण्डर भइसकेको बताउँदै उनले अब सो क्षेत्रमा डबल लेनको सडक बन्ने जानकारी दिए । निर्माण व्यवसायीले वर्षा सकिने बित्तिकै सो काम थाल्ने उनले बताए ।

बीपी मार्ग काठमाडौंबाट पूर्व जाने सबैभन्दा छोटो सडक हो । अत्यधिक सवारी चाप हुने सो सडक वर्षाको कारण अवरुद्ध हुँदा धेरै यात्रीहरू समस्यामा पर्ने गरेका छन् । यसमा सरकार र सरोकारवालाको गम्भीर ध्यान जानुपर्ने यात्रीहरूको भनाइ छ ।

असोज महिनामा आएको बाढीले रोशी गाउँपालिका क्षेत्रमा १० किलो मिटर बढी सडकमा क्षति पुर्‍याएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा बताउँछन् । वर्षाको समयमा पनि गाडी चल्ने बनाउन सडक डिभिजनले काम गरिहरेको उनले बताए ।

‘यातायात सुचारु राख्न सडक डिभिजनले पहल कदमी गरिरहेको छ, अस्थायी रूपमा बाटो सञ्चालन गर्ने कार्य अन्तिम चरण पुगेको छ, तै पनि बेला बेलामा समस्या आउन सक्छ, गाउँपालिकाको तर्फबाट हामी सबै खालका सहयोग र सहजीकरण गर्न तयार छौँ’, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register