भारतका वनमन्त्रीसँग प्रधानमन्त्रीको प्रस्ताव : सगरमाथा संवादजस्ता सम्मेलन फेरि आयोजना गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शुक्रबार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त […]

May 16, 2025 - 14:28
 0
भारतका वनमन्त्रीसँग प्रधानमन्त्रीको प्रस्ताव : सगरमाथा संवादजस्ता सम्मेलन फेरि आयोजना गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शुक्रबार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिए । उनले हिमालहरूको रक्षा र धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बङ्गलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गरे ।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुु रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register