इजलासमा रवीन्द्र मिश्र : मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखिएको बयान दिएका छन् । सर्वोच्चको इजलासमा बन्दी प्रत्यक्षकीकरण मुद्दाको सुनुवाइको क्रममा उनले यस्तो बताएका हुन् । ‘आठौँ चरणसम्म म्याद थप हुँदा मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट यो सबै भइराखेको लाग्यो । राज्यको अधिकार हुने नागरिकको अधिकार नहुने अनुभूती भएपछि अन्तिम घडीमा बन्दी प्रत्यक्षीकरणको […]

May 16, 2025 - 12:46
 0
इजलासमा रवीन्द्र मिश्र : मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखिएको बयान दिएका छन् ।

सर्वोच्चको इजलासमा बन्दी प्रत्यक्षकीकरण मुद्दाको सुनुवाइको क्रममा उनले यस्तो बताएका हुन् । ‘आठौँ चरणसम्म म्याद थप हुँदा मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट यो सबै भइराखेको लाग्यो । राज्यको अधिकार हुने नागरिकको अधिकार नहुने अनुभूती भएपछि अन्तिम घडीमा बन्दी प्रत्यक्षीकरणको विकल्प रोजेको हुँ,’ उनले भने ।

प्रशासनले १० दिन मात्रै बाँकी रहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणमा नजान भनेको इजलासमा उनले सुनाए । ‘प्रशासनलाई सघाउँदा पनि सुनुवाइ नभएपछि अन्तिम अवस्थामा मात्रै म न्यायको लागि ढोका ढकढक्याउन यहाँ आएको हुँ । मलाई न्याय दिनुस् श्रीमान्,’ उनले भने ।

आफुले कुनैपनि उपद्रव नगरेको दाबी उनले गरेका छन् । हाउस अरेस्टमा रहेका नवराज सुवेदीमाथिको निगरानी अन्त्य भएको, महामन्त्री धवल शम्सेर राणालाई हाजिरी जमानीमा रिहा गर्दा आफुलाई मात्रै हिरासतमा राख्नुपर्ने कुनै कारण नरहेको उनले जिकिर गरे । आफु भागेर कहीँ नजाने उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register