यू–१९ साफ : नेपाल बङ्गलादेशसँग पराजित हुँदै सेमिफाइलबाटै बाहिरियो

काठमाडौं । नेपाल बङ्गलादेशसँग पराजित हुँदै यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएसँगै उपाधि दौड रोकिएको छ । बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए । नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल […]

May 16, 2025 - 13:25
 0
यू–१९ साफ : नेपाल बङ्गलादेशसँग पराजित हुँदै सेमिफाइलबाटै बाहिरियो

काठमाडौं । नेपाल बङ्गलादेशसँग पराजित हुँदै यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएसँगै उपाधि दौड रोकिएको छ ।

बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए । नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल फर्काए ।

नेपाललाई हराएर फाइनलमा पुगेको बङ्गलादेशले अब भारत र माल्दिभ्सको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register