पत्रकार प्रधानको उपचारका लागि फोनिजको सहयोग
बिर्तामोड, १४ फागुन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) झापाले सवारी दुर्घटनामा घाइते भई उपाचार्थ कार्यसमिति सदस्य पत्रकार सुरज प्रधानको उपचारमा नगद २६ हजार १० रुपैयाँ रकम सहयोग उपलब्ध गराएको छ । बिर्तासिटी हस्पिटलमा उपचारत प्रधानको उपचारमा सहयोग पुर्याउने उद्देश्यले फोनिज पूर्व अध्यक्ष, पदाधिकारी सदस्यबाट रकम संकलन गरी बुधबार अस्पताल पुगेर सहयोग रकम उहाँका बहिनीलाई [...] The post पत्रकार प्रधानको उपचारका लागि फोनिजको सहयोग appeared first on Jhapa Online.

बिर्तामोड, १४ फागुन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) झापाले सवारी दुर्घटनामा घाइते भई उपाचार्थ कार्यसमिति सदस्य पत्रकार सुरज प्रधानको उपचारमा नगद २६ हजार १० रुपैयाँ रकम सहयोग उपलब्ध गराएको छ ।
बिर्तासिटी हस्पिटलमा उपचारत प्रधानको उपचारमा सहयोग पुर्याउने उद्देश्यले फोनिज पूर्व अध्यक्ष, पदाधिकारी सदस्यबाट रकम संकलन गरी बुधबार अस्पताल पुगेर सहयोग रकम उहाँका बहिनीलाई हस्तान्तरण गरिएको फोनिजका जिल्ला सचिव सन्तोष बेघा लिम्बूले जानकारी दिनुभयो । फोनिज कार्यसमिति सदस्य समेत रहनुभएका प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, फोनिजका जिल्ला अध्यक्ष अर्जुन राजवंशी, फोनिज जिल्ला कोषाध्यक्ष नरेश गुरुङ, जिल्ला सदस्य सर्जु आले मगर सहभागी हुनुहुन्थ्यो ।
The post पत्रकार प्रधानको उपचारका लागि फोनिजको सहयोग appeared first on Jhapa Online.
What's Your Reaction?






